सूचनाको शक्ति - The Power Of Information

        

फिल्म ‘सिंघम ३’ मा दीपिका लेडीले प्रहरीको भूमिका निर्वाह गर्ने

भारतीय फिल्म निर्देशक रोहित शेट्टीले छिट्टै अर्को फिल्म ‘सिंघम ३’ निर्देशन गर्ने भएका छन् ।

उनले आफ्नो फिल्ममा दीपिका पादुकाेण महिला प्रहरी अफिसरको भूमिकामा देखिने समेत खुलासा गरेका हुन् । ८ डिसेम्बरमा रणवीर सिंहको फिल्म सर्कसको गीत ‘करेन्ट लगा’ एक कार्यक्रमकाबीच सार्वजनिक भएको थियो ।

जहाँ रणवीर, दीपिका र रोहित शेट्टी ३ जना नै साेही कार्यक्रममा पुगेका थिए । कार्यक्रममा रोहित शेट्टीले आफू चाडै ‘सिंघम ३’ मा काम सुरु गर्ने बताएका छन् ।

कार्यक्रममा भारतीय संचार माध्यमसँग कुरा गर्दै रोहितले भने, ‘मानिसहरूले मलाई सोध्छन् कि तपाईको पुलिस यूनिवर्स फिल्ममा महिला प्रहरी अफिसरको भूमिका कसले निभाउँला, त्यसैले आज तपाईलाई बताउन चाहन्छु कि दीपिका ‘सिंघम ३’ मा लेडी सिंघमको भूमिकामा देखिने छन् । अर्को वर्ष फिल्मको छायाँकन सुरु गर्नेछौं ।’

शेट्टी निर्देशनमा अहिलेसम्म सिंघम, सिंघम रिटर्न्स, सिम्बा र सूर्यवंशी जस्ता हिट फिल्महरू समेत समावेश छन् । सिंघम फ्रेन्चाइजमा अजय देवगन मुख्य भूमिकामा रहेका छन् ।

दीपिका पनि यस फ्रेन्चाइजको हिस्सा बन्न लागेकी छन्, यो फिल्म २०२३ को अन्त्यमा सार्वजनिक हुने अपेक्षा समेत गरिएको छ ।

प्रकाशित मिति : २३ मंसिर २०७९, शुक्रबार ०९:५०