नेपाल बिमा प्राधिकरणले पदपूर्तिका लागि कर्मचारी माग गरेको छ ।
आन्तरिक, खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षामार्फत स्थायी पदपूर्तिका लागि प्राधिकरणले आवेदन आह्वान गरेको हो।
नेपाल बिमा प्राधिकरण कर्मचारी सेवा सर्त नियमावली २०६८ को विनियम १४ बमोजिम अधिकृतदेखि कार्यालय सहायकसम्मका ३६ जनाका लागि आवेदन माग गरेको हो।
‘नेपाल बीमा प्राधिकरण कर्मचारी सेवा सर्त विनियमावली। २०६८ को विनियम १४ बमोजिम आन्तरिक खुला समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्ति गर्नुपर्ने भएकाले न्यूनतम योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूबाट दरखास्त आह्वान गरिन्छ,’ प्राधिकरणले सार्वजनिक सूचनामा भनेको छ।
योग्यता पुगेका उम्मेदवारहरूले पुस २४ गतेसम्म आवेदन दिन सक्नेछन् । अनलाइनमार्फत आवेदन दिन सकिने पनि प्राधिकरणले जनाएको छ ।

सत्यपाटी संवाददाता । काठमाडौँ