नेकपा एमालेको सचिवालय बैठक आज (शुक्रबार) बस्ने भएको छ ।
एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले शुक्रबार बस्ने सचिवालयकाे बैठकले समानुपातिक सांसदको टुंगो लगाउने बताउनुभएकाे हाे । साेही बैठकमा समानुपातिक सांसद चयनको विषयमा विशेष रूपमा छलफल हुने उहाँकाे भनाइ छ ।
समानुपातिकतर्फ सबै भन्दा धेरै मत प्राप्त गरेकाे एमालेले प्रतिनिधि सभामा समानुपातिकबाट ३४ सिट पाउने भएको छ ।
निर्वाचन आयोगले बुधबार राजनीतिक दलहरुलाई पत्र पठाउँदै ३ दिनभित्र बन्द सूचीमा रहेका नामबाट समावेशी सिद्धान्त अनुसार सांसद बन्नेहरुको नाम दिन भनेको थियो ।
निर्वाचनपछि पहिलो पटक सचिवालय बैठक बस्न लागेकाले निर्वाचनकाे मत परिणामको समीक्षा समेत हुने एमालेले जनाकाे छ ।
सत्यपाटी संवाददाता । काठमाडौँ