सूचनाको शक्ति - The Power Of Information

        

सत्तारुढ भारतीय जनता पार्टीको गुजरातमा ऐतिहासिक जित

भारतको सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) ले प्रधानमन्त्री नरेन्द्र मोदीको गृहराज्य गुजरातमा फेरी पनि भारी बहुमतसहित सरकार बनाउने भएको छ ।

गत साता गुजरात र हिमाञ्चल विधान सभाका लागि भएको निर्वाचनको बिहिबार भएको मतगणनामा भाजपाले १ सय ५६ सिट जित्दै ऐतिहासिक बहुमत ल्याएको हो ।

१ सय ८२ सदस्यीय गुजरात विधान सभामा १ सय ५६ सिटको जित अहिलेसम्मकै बढी हो । योसँगै भाजपाले गुजरातमा लगातार छैटौं पटक बहुमत ल्याएको हो ।

यो पनि अर्को रेकर्ड भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । विपक्षी कांग्रेसले १७ र आम आदमी पार्टीले ५ सिट मात्रै जितेका छन् ।

गुजरातमा भाजपाको ऐतिहासिक जितले भारतीय राजनीतिमा प्रधानमन्त्री नरेन्द्र मोदीको जादु चल्ने क्रम जारी रहेको विश्लेषण गरिएको छ । उता, अर्को राज्य हिमाञ्चलमा भने भाजपाले सत्ता गुमाएको छ ।

६८ सदस्यीय विधान सभामा कांग्रेस आइले ४० सिट जित्दै बहुमत ल्याएको छ । भाजपा भने २५ सिटमा समेटिएको छ ।

प्रकाशित मिति : २३ मंसिर २०७९, शुक्रबार ०८:४५