सूचनाको शक्ति - The Power Of Information

        

विश्वकप फुटबल: क्वाटर फाइनलका दुई खेल हुँदै

कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत आज (शुक्रबार) देखि क्वाटर फाइनलका खेलहरु सुरू हुने भएका छन् ।

शुक्रबार राति क्वाटर फाइनलका दुई खेल हुने भएका हुन् । पहिलो खेल शुक्रबार राति पौने ९ बजे ब्राजिल र क्रोएसियाबीच सुरू हुनेछ । ब्राजिलले राउण्ड अफ सिक्स्टीनमा दक्षिण कोरियालाई पराजित गरेकाे थियो । क्रोएरियाले भने जापानलाई पराजित गरेको थियो ।

अर्को क्वाटर फाइनल खेल भने शुक्रबार राति नै राति पौने १ बजे अर्जेन्टिना र नेदरल्याण्डबीच हुने भएकाे छ । अर्जेन्टिनाले राउण्ड अफ सिक्स्टीनमा अष्ट्रेलियालाई पराजित गरेको थियो ।

नेदरल्याण्डले भने अमेरिकालाई पराजित गर्दै क्वाटर फाइनलमा आएको हो ।

प्रकाशित मिति : २३ मंसिर २०७९, शुक्रबार ०८:२७