सूचनाको शक्ति - The Power Of Information

        

मौसम पूर्वानुमान

तराईमा हुस्सु र पहाडमा चिसो

हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । जसका कारण केही समययता हिमपात र वर्षा भएको छैन ।

हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज बिहान देशका पहाडी भू–भागका थोरै स्थानहरूमा आंशिक बदली र बाँकी भू–भागमा मौसम सामान्यतः सफा रहेको छ ।

आज दिउँसो प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ । राती प्रदेश नं १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी स्थानहरुमा मौसम सामान्यतः सफा रहनेछ ।

तराई भू–भागमा हुस्सु तथा कुहिरो लागिरहेको छ भने देशका अधिकांश भू–भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

मौसमविद् हिरा भट्टराईका अनुसार घाम लागेपछि उक्त हुस्सु र कुहिरो हट्नेछ । महाशाखाका अनुसार आज बिहान पौने ६ बजे काठमाडौंको तापक्रम ७.२ डिग्री सेल्सियस रहेको छ । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । जसका कारण केही समययता हिमपात र वर्षा भएको छैन ।

प्रकाशित मिति : २३ मंसिर २०७९, शुक्रबार ०७:११