सूचनाको शक्ति - The Power Of Information

        

२०७९ मंसिर २३ गतेको राशिफल : वृषलाई फाइदा, मिथुनलाई अवसर

२०७९ मंसिर २३ गते, शुक्रवार, ९ डिसेम्बर २०२२ । मार्ग कृष्णपक्ष प्रतिपदा तिथि, १०ः०० बजेदेखि द्वितीया । मृगशिरा नक्षत्र, १४ः१८ बजेदेखि आर्द्रा । चन्द्रराशि– मिथुन ।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

विभिन्न उपहार प्राप्त हुने समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बन्ने र नयाँ काम प्रारम्भ गर्ने समय छ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । प्रतिद्वन्द्वीहरूलाई सजिलै हराउन सकिनेछ । गरिएका कर्मको उचित प्रतिफल पाइनेछ । पुरुषार्थी कामले समाजमा स्थापित बनाउनेछ । चुनौती पन्छाएर पनि नयाँ काममा जग बसाउने मौका छ ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

मान–सम्मान प्राप्त हुनेछ । आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ । अध्ययनमा प्रगति हुनेछ । बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलामा निखारता ल्याउने अवसर प्राप्त हुनेछ । चिताएको काम समेत सम्पादन हुनेछ । पहिलेका कमजोरीलाई सुधार्ने मौका पाइनेछ । मेहनतले सम्मानित स्थान समेत दिलाउनेछ ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह

सहयोगीहरू प्रशस्तै भेटिनेछन् । रचनात्मक कार्य प्रारम्भ गर्ने समय छ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला । विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ । नयाँ कामको प्रस्ताव आउनेछ । मनग्य धन आर्जन होला । विगतका कमीकमजोरीलाई पनि सुधार गर्ने अवसर प्राप्त हुनेछ । विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ । खर्च लागे पनि रोकिएका काम बन्नेछन् । लामो यात्रा गर्ने अवसर जुट्नुका साथै वैदेशिक क्षेत्र लाभदायक रहनेछ । दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ । व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ । तत्काल फाइदा लिँदा भविष्यमा नोक्सान हुने देखिन्छ । चुनौतीका बाबजुद स्वाभिमान रक्षा गर्न सकिनेछ ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

आम्दानीका विभिन्न स्रोत फेला पर्नेछन् । मिहिनेतको राम्रो परिणाम प्राप्त हुनेछ । आँटले काम सम्पादन हुनेछ । प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । थोरै लगानीबाट पनि नाफा उठाउन सकिनेछ । विभिन्न भौतिक साधन प्राप्त हुनेछन् । अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ । केही रकम खर्चिएर पनि तारिफयोग्य काम सम्पादन गरिनेछ ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

तारिफयोग्य काम गर्दै प्रतिष्ठा आर्जन गर्ने समय छ । समाजले पदीय जिम्मेवारी दिलाउनेछ । नसोचेको अवसर प्राप्त हुनाले मन प्रफुल्लित हुनेछ । समुदायको हितमा राम्रै काम गर्न सकिनेछ । टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ । भाग्यले विभिन्न अवसर थमाउनेछ । उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ । अरूको काममा जुट्नुपरे पनि फाइदै हुनेछ ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते

अरूको सहयोगमा जुट्नुपरे पनि आफैंलाई फाइदा हुनेछ । समाजमा तारिफयोग्य काम सम्पादन हुनेछ । मेहनतले राम्रै उपलब्धि दिलाउनेछ । रोकिएका काम समेत सम्पादन हुनेछन् । कर्मयोगले विशेष जिम्मेवारी दिलाउन सक्छ । सानो प्रयत्नले धेरैको भलाइ हुने काम शुभारम्भ हुन सक्छ । तर मेहनतको केही प्रतिफल अरूको हातमा पुग्न सक्छ, सजग रहनुहोला ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु

काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति रहनेछ । आँटेका काममा बाधा उत्पन्न हुन सक्छ । पहिलेका समस्या दोहोरिनाले उत्साहमा कमी आउला । ठूलो भागको आशा राख्दा भएको वस्तुसमेत गुम्न सक्छ । स्वास्थ्यमा कमजोरी देखापर्नुका साथै उपचारमा खर्च हुने योग छ । हुलमुलमा धनमाल हराउन सक्छ, सचेत रहनुहोला ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

अलमल गर्ने बानीले समस्या निम्त्याए पनि मिहिनेतीहरूका लागि समय उत्साहजनक रहनेछ । भौतिक साधन जुट्नेछन् र दिगो फाइदा हुने काम सुरु हुन सक्छ । लामो यात्राको प्रक्रिया अघि बढ्नेछ । प्रयत्न गर्दा लक्ष्य प्राप्त गर्न सकिनेछ । आफ्ना सूचना बाहिरिने हुँदा गोपनीयतामा ध्यान पुर्याउनुहोला । आम्दानी प्रशस्तै भए पनि रकम सञ्चय भने नहुन सक्छ ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

खर्च लागे पनि रोकिएका काम बन्नाले उत्साह जाग्नेछ । आफ्नै प्रयासले अधिकार स्थापित गर्न सकिनेछ । व्यापारलगायत आर्थाेपार्जनका काममा समय बित्नेछ । प्रयत्न गर्दा सजिलै लक्ष्य प्राप्त हुनेछ । मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । भौतिक साधन जुट्नाले नयाँ काम सुरु हुनेछ । प्रतिस्पर्धीहरू किनारा लाग्नेछन् भने द्वन्द्व र मुद्दामा पनि विजयी भइनेछ ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द

पछिका लागि राम्रो सम्भावना देखिए पनि तत्काल सोचेको फाइदा नहुन सक्छ । आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने चेष्टा गर्लान् । स्वास्थ्य कमजोर बन्नाले काममा अग्रसर बन्न नसकिएला । तापनि बुद्धिले काम लिँदा चिताएको योजना कार्यान्वयनमा आउनेछ । तर अरूको मुख ताक्ने बानीले आफ्नो काम अधुरो रहनेछ । आलोचकहरू बढ्न सक्छन् ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

रोकिएका घरेलु कामकाज बिस्तारै बन्नेछन् । हतारको निर्णयले भने काम बिग्रन सक्छ । दिगो योजना गोप्य राखेर अघि बढ्नुहोला । परिवारमा आमाको माध्यमबाट काम बन्न सक्छ । बुद्धिको उपयोगले प्रतिष्ठा जोगाउन सफल भइनेछ । प्रयत्न गर्दा लक्ष्य प्राप्ति हुनेछ । मेहनत गर्दा अध्ययनमा पनि प्रगति हुने समय छ । रचनात्मक कार्यमा जुट्दा फाइदा हुनेछ ।

प्रकाशित मिति : २३ मंसिर २०७९, शुक्रबार ०६:४६