सूचनाको शक्ति - The Power Of Information

        

तारा एयरको जहाजसँग चिल ठोक्किएपछि…

हुम्लामा तारा एयरसँग चिल ठोक्किएको छ । बुधबार दिउँसो जहाजसँग चिल ठोक्किएको जिल्ला प्रशासन कार्यालयका निमित्त प्रमुख जिल्ला अधिकारी अमृतप्रसाद सुवेदीले जानकारी दिए ।

चिल ठोक्किएपछि जहाजको अगाडिको भागमा प्वाल परेको छ।चिल ठोक्किएपछि जहाजको अगाडिको भागमा प्वाल परेको छ । नेपालगन्जबाट हुम्लाको सिमकोट विमानस्थलका लागि उडेको जहाजसँग चिल ठोक्किएको हो ।

नेपालगन्जबाट उक्त कार्गो जहाज १२ः४५ मा उडेको थियो । विमानस्थल पुग्नु चार–पाँच मिनेट अगाडि जहाजसँग चिल ठोक्किएको सुवेदीले बताए । चिल ठोक्किँदा जहाजको अगाडिको भागमा प्वाल परेको छ । जहाजमा दुई पाइलट र एक जना एयर होस्टेस थिए । उनीहरू सुरक्षित छन् ।

प्रकाशित मिति : २१ मंसिर २०७९, बुधबार १६:३९