सूचनाको शक्ति - The Power Of Information

        

राजनीति

एकीकृत समाजवादी, ‘बन्न सकेन राष्ट्रिय पार्टी, प्रदेशमै सिमित’

नेकपा (एकीकृत समाजवादी)ले मधेश प्रदेशमा सबैभन्दा धेरै मत प्राप्त गरेको छ । 

प्रतिनिधिसभामा राष्ट्रिय पार्टी बन्न नसकेको नेकपा (एकीकृत समाजवादी)ले सातै प्रदेशमा थ्रेसहोल्ड कटाएको छ । संवैधानिक व्यवस्था अनुसार प्रदेशमा ’थ्रेस होल्ड’ पार गर्न कूल सदर मतको १.५ प्रतिशत मत ल्याउनुपर्छ ।

नेकपा एसले सातै प्रदेशमा समानुपितकमा १.५ प्रतिशत मत कटाएको हो । प्रतिनिधिसभामा भने राष्ट्रिय दल बन्न प्रत्यक्षमा एक सिट र समानुपातिकमा कम्तीमा तीन प्रतिशत मत ल्याउनुपर्छ । नेकपा एसले प्रतिनिधिसभामा करिब तीन लाख मत प्राप्त गरे पनि थ्रेसहोल्ड भने कटाउन सकेन ।

समाजवादीले मधेश प्रदेशमा सबैभन्दा धेरै मत प्राप्त गरेको छ । निर्वाचन आयोगको विवरणअनुसार मधेशमा कूल सदर २० लाख ८६ हजार २९८ मतमध्ये नेकपा समाजवादीले एक लाख १३ हजार ९२५ मत प्राप्त गरेको छ । समाजवादीले गण्डकीमा सबैभन्दा कम मत पाएको छ ।

गण्डकीमा कूल सदर नौ लाख ८५ हजार ८०२ मतमध्ये नेकपा समाजवादीले १५ हजार ७६ मत मात्रै पाएको छ । यो संख्या प्रदेशमा राष्ट्रिय दल बन्न भने प्रयाप्त हो । त्यस्तै प्रदेश १ मा कूल सदर मत १८ लाख ९९ हजार १४४ मध्ये ५५ हजार ९९७ मत पाएको छ ।

बागमतीमा कूल सदर १९ लाख ७३ हजार मतमध्ये ६९ हजार ८४६ मत पाएको छ । लुम्बिनीमा कूल सदर १८ लाख ८७ हजार ७८ मतमध्ये ४२ हजार ६२१ मत पाएको छ भने कर्णालीमा पाँच लाख ७७ हजार ८२९ मतमध्ये ३५ हजार ८२६ र सुदूरपश्चिममा आठ लाख ९६ हजार ३८६ मतमध्ये ४३ हजार ८१९ मत पाएको छ ।

प्रकाशित मिति : २१ मंसिर २०७९, बुधबार १६:२५