सूचनाको शक्ति - The Power Of Information

        

तपाईको दुर्भाग्यको कारण बन्न सक्छ ‘कुचो’

कुचोलाई लक्ष्मीको प्रतिक मानिन्छ । त्यसैले झाडुसँग जोडिएका गुण र अबगुणले हाम्रो जीवनमा ठूलो असर पार्दछ । यदी कुचोसँग जोडिएका केही कुराको ध्यान नराख्दा जीवनमा समस्या थपिन सक्छ ।

त्यसैले वास्तुशास्त्रका अनुसार कुचो सम्बन्धी यी कुरामा ध्यान दिनुहोस् । घर वा अफिसमा कुचोको काम सकियो भने त्यसलाई देखिरहने ठाउँमा नराख्नुहोस् । पुरै समय कुचो देखिरहनु अशुभ मानिन्छ ।

कयौँ पटक कुचो भाँचिदा पनि हामी त्यसको प्रयोग गर्नु एकदमै गलत हो । यदी घर वा अफिसमा कुचो झाँचियो वा टुट्फुट भएमा त्यसलाई तुरुन्त परिवर्तन गर्नुहोस् । यदी मिल्छ भने झाडुलाई पश्चिम दिशाको कुनै कोठामा राख्नुहोस् ।

यस दिशामा कुचो राख्नु निकै राम्रो मानिन्छ । जसले गर्दा कुचोका कारण तपाईको घरमा कुनै नकारात्मक प्रभाव पर्न सक्दैन । वेलुकीको समयमा कुचो लगाउनु वास्तुशास्त्रका अनुसार अशुभ मानिन्छ ।

वेलुकी कुचो लगाउँदा लक्ष्मी बाहिरीने विश्वास भएकाले रात वा वेलुकीको समयमा कुचो नलगाउनुहोस् । कुचोलाई कहिल्यै पनि ठाडो बनाएर नराख्नुहोस् । पुरानो झाडु बदलेर नयाँ झाडु ल्याउन लाग्नु भएको छ भने शनिबार मात्र यो काम गर्नु राम्रो मानिन्छ ।

त्यस्तै झाडुलाई लक्ष्मीको प्रतिक मानिने भएकाले कहिलै पनि खुट्टामा झाडुले नछुनु राम्रो हुन्छ । अपशगुनको कारण मानिने भएकाले जहिले पनि यसलाई जमिनमा लडाएर राख्ने गर्नुहोस् ।

प्रकाशित मिति : २१ मंसिर २०७९, बुधबार ०९:१६