सूचनाको शक्ति - The Power Of Information

        

कपिलवस्तुका जिल्ला न्यायाधीशमाथि बलात्कारको आरोप

कपिलवस्तुका जिल्ला न्यायाधीश भुवन गिरीमाथि बलात्कारको आरोप लागेको छ । तर उनीविरुद्ध जाहेरी भने दर्ता भएको छैन ।

न्यायाधीश गिरीले पनि बलात्कार आरोप लगाउने महिलामाथि चोरीको आरोप लगाएका छन् । पीडित महिलाले न्यायाधीश गिरीविरुद्ध दिएको जाहेरी प्रहरीले लिन नमानेपछि राष्ट्रिय मानव अधिकार अयोग र महिला आयोगमा पुगेर उजुरी दिएकी थिइन् ।

सोही उजुरीको आधारमा आयोगले प्रहरीलाई अनुसन्धान गर्न निर्देशन दिएको थियो । आयोगको पत्रपछि घटनाबारे अध्ययन गरिरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

प्रकाशित मिति : २० मंसिर २०७९, मंगलवार १५:२८