विवाहको भोज खाएका प्युठान नगरपालिका–६ माझकोटका ३५ जना जन्ती बिरामी परेका छन् ।
पाल्पाको एक बिहेभोजमा सहभागी एउटै गाउँका ३५ जना बिरामी भएको प्युठान प्रहरीका प्रवक्ता इन्सपेक्टर सुशील थापामगरले जानकारी दिए ।
शुक्रबार जन्ती गएर घर फर्किएका उनीहरुमा ज्वरो, पखाला र बान्ताको समस्या देखिएपछि सबैलाई उपचारका लागि जिल्ला अस्पताल बिजुवार पठाइएको थियो ।
प्युठान नगरपालिकाका मेयर देवेन्द्र बर्माका अनुसार बिरामीहरुलाई चार ओटा एम्बुलेन्सबाट प्युठान अस्पतालमा ल्याइएको थियो ।
प्युठान प्रहरीका प्रवक्ता थापामगरका अनुसार बिरामी परेकाहरु सबैको अवस्था सामान्य छ ।
सत्यपाटी संवाददाता । प्युठान