सूचनाको शक्ति - The Power Of Information

        

सत्ता गठबन्धनलाई निरन्तरता दिने सहमति

सत्ता गठबन्धनमा सहभागी दलहरूले यही गठबन्धनलाई निरन्तरता दिने सहमति गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज साेमवार बसेको नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरूको बैठकले देशलाई अहिलेकै गठबन्धन आवश्यक रहेको भन्दै मिलेर जाने सहमति गरेका हुन् ।

यही गठबन्धनलाई अघि बढाउने तथा सरकार सञ्चालन र नेतृत्वको विषयमा थप छलफल गर्दै जाने निष्कर्ष निकालिएको नेकपा एकीकृत समाजवादीका महासचिव वेदुराम भुसालले जानकारी दिनुभयो । नागरिकले दिएको जनमतले पनि गठबन्धनको निरन्तरतालाई पुष्टि गरेको बैठकको निष्कर्ष छ ।

आजको बैठकमा चुनावको नतिजाबारे पनि समीक्षा भएको भुसालले जानकारी दिनुभयो । बैठकमा प्रधानमन्त्री एवम् कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित शीर्ष नेताहरू सहभागी थिए ।

प्रकाशित मिति : १९ मंसिर २०७९, सोमबार १८:४१