निर्वाचन परिणाम आउन बाँकी रहेको दोलखाको मत गणनामा रोचक प्रतिस्पर्धा देखिएको छ ।
सत्ता गठबन्धनका नेकपा (माओवादी केन्द्र) उम्मेदवार र नेकपा (एमाले) उम्मेदवारबीच रोचक प्रतिष्पर्धा देखिएको हो ।
मत गणनाको पछिल्लो विवरण अनुसार माओवादी उम्मेदवार गंगा कार्कीले ३५ हजार ७९० मत प्राप्त गर्दा एमाले उम्मेदवार बालकृष्ण शिवाकोटी ३४ हजार ५९५ मत प्राप्त गरेका छन् ।
अब शैलुङ गाउँपालिकाको वडा नम्बर १ र मेलुङ गाउँपालिकाको वडा नम्बर १ र र विगु गाउँपालिकाको वडा नम्बर १ मात्रै गणना गर्न बाँकी रहेको छ ।
सत्यपाटी संवाददाता । काठमाडौँ