सूचनाको शक्ति - The Power Of Information

        

कतार विश्वकपमा आज दुई खेल हुँदै

कतारमा जारी फिफा विश्वकप फुटबलमा आज सोमबार प्रि–क्वाटरफाइनलका दुई खेलहरु हुँदैछन् ।

नेपाली समय अनुसार राति पौने ९ बजे सुरु हुने खेलमा जापान र क्रोएसिया भिड्दा राति पौने १ बजे ब्राजिलले दक्षिण कोरियासँग खेल्नेछ ।

जापान समूह ‘ई’ को विजेता र क्रोएसिया समूह ‘एफ’ को उपविजेता बन्दै प्रि–क्वाटरफाइनलमा पुगेको हो । दुवै टोली जित निकाल्दै क्वाटरफाइनलमा पुग्ने योजनामा रहेका छन् ।

यस्तै, ब्राजिल समूह ‘जी’ को विजेता र दक्षिण कोरिया समूह ‘एच’ को उपविजेता बन्दै प्रि–क्वाटरफाइनलमा पुगेको हो । यी दुई टोली पनि जित निकाल्दै क्वाटरफाइनलमा पुग्ने योजनामा रहेका छन् ।

प्रकाशित मिति : १९ मंसिर २०७९, सोमबार ०८:२६