महोत्तरी औरहीकी नेहा चौधरी विवाह बन्धनमा बाँधिएकी आठ महिना पुग्न बाँकी छ ।
उनका पति पंकज चौधरी काठमाडौंस्थित ग्रान्डी र नर्भिक अस्पतालका जनरल फिनिसियन हुन् ।
चौधरीले दाइजोको निहुँमा शारीरिक र मानसिक यातना दिएपछि उनी न्यायको खोजीमा भौंतारिरहेकी छिन् ।
गोरखाकी तुलसा भण्डारी (नाम परिवर्तन) हाल युरोपमा बस्छिन् । बिहेअघि उनले कमाएको सम्पत्ति सबै श्रीमानको नाममा नामसारी नगरिदिएको निहुँमा बिहे भएको १ महिना पनि नपुग्दै शारीरिक र मानसिक हिंसा सहनुपर्यो ।
‘विवाह भएको १५ दिन नपुग्दै सबै सम्पत्ति आफ्नो नाममा गर्नुपर्ने भन्दै श्रीमानबाट हिंसा सहें । विवाह अगाडि कमाएको मेरो सम्पत्तिमाथि मेरो हक नहुने ? हिंसाबाट मुक्त हुनका लागि मैले डिभोर्स दिने तयारी गरिरहेको छु’, उनले भनिन् ।
सत्यपाटी संवाददाता । काठमाडौँ