सूचनाको शक्ति - The Power Of Information

        

थप ६ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा पछिल्लो २४ घण्टामा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार १३ सय ८८ जनाको नमूना परीक्षण गर्दा ६ जनामा कोरोना पुष्टि भएको हो ।

चार सय ५४ नमूनाको आरटिपिसिआर विधि र बाँकी नौ सय ३४ नमूनाको एन्टीजेन विधिबाट परीक्षण गरिएको थियो ।

यस अवधिमा १९ जना कोरोना संक्रमणमुक्त भएका छन् भने हाल नेपालमा एक सय आठ जना संक्रिय संक्रमित रहेको मन्त्रालयको भनाइ छ ।

कोरोना संक्रमणबाट नेपालमा १२ हजार १९ जनाले ज्यान गुमाएका छन् भने यहाँ कोरोना निको हुने दर ९८।८ प्रतिशत रहेको मन्त्रालयको भनाइ छ ।

प्रकाशित मिति : १८ मंसिर २०७९, आइतवार १८:२२