सूचनाको शक्ति - The Power Of Information

        

बसले किच्दा बुटवलमा १५ महिने बालकको मृत्यु

बुटवलमा बसले किच्दा १५ महिने बालकको मृत्यु भएको छ ।

आइतबार बुटवल–११ मझुवामा बसले किच्दा बालकको मृत्यु भएको हो । मृत्यु हुनेमा स्थानीय गोविन्द खत्रीका छोरा बिहानी रहेका छन् ।

गम्भीर घाइते भएका बालकको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

हाल बससहित चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

प्रकाशित मिति : १८ मंसिर २०७९, आइतवार १८:०९