सूचनाको शक्ति - The Power Of Information

        

अब दुई स्थानको अन्तिम परिणाम आउन बाँकी

 प्रतिनिधि सभाका १६५ निर्वाचन क्षेत्रमध्ये अब दुई वटा क्षेत्रको मात्रै अन्तिम परिणाम आउन बाँकी छ ।

मतगणना भइरहेका दुई क्षेत्र मध्ये दोलखामा नेकपा (एमाले) र बाजुरामा नेपाली कांग्रेस उम्मेदवारको अग्रता रहेको छ ।

पछिल्लो मत परिणाम अनुसार दोलखामा एमाले उम्मेदवार बालकृष्ण शिवाकोटीले १६ हजार २१४ मत प्राप्त गर्दा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार गंगा कार्कीले १४ हजार ७११ मत प्राप्त गर्नुभएको छ ।

यस्तै, बाजुरामा भने कांग्रेस उम्मेदवार बद्रि पाण्डे २६ हजार ९८६ मतसहित अगाडि रहँदा एमाले उम्मेदवार कर्ण थापाले २३ हजार २०८ मत पाउनु भएको छ । यो क्षेत्रमा गणना हुन बाँकी मत भन्दा कांग्रेस उम्मेदवार पाण्डेको अग्रता बढी भएकाले उहाँको जित निश्चित भएको छ ।

हालसम्म कांग्रेसले ५६ सिट जितेको छ भने एमालेको ४४ सिट र माओवादीले १७ सिट जितेको छ ।

प्रकाशित मिति : १८ मंसिर २०७९, आइतवार ०८:२१