सूचनाको शक्ति - The Power Of Information

        

विकल्पसहित आगामी सरकारको परिकल्पना

गत मंसिर ४ मा भएको प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचनको मत परिणामले विकल्पसहितको आगामी सरकारको परिकल्पना गरेको छ ।

एकातिर दुई ठूला दलहरू नेपाली कांग्रेस र नेकपा (एमाले) मिलेर सरकार बनाउँदा सबैभन्दा सहज देखिन्छ भने अर्काेतिर सत्ता गठबन्धन दलहरूले सरकार बनाउन सक्नेछन् ।

वर्तमान सत्ता गठबन्धन वा प्रतिपक्षी गठबन्धनको सरकार अस्थिर र खिचडी सरकार बन्ने देखिएको छ । मतदाताले कुनै दललाई पनि बलियो सरकार बनाउने जनादेश नदिएको कारण अब स्थिर सरकारको परिकल्पना गर्न नसकिने स्वयं नेताहरू बताउँछन् ।

तर, बलियो विकल्पका रूपमा संसद्का सबैभन्दा ठूला दुई दल मिलेको खण्डमा पाँच वर्षका लागि स्थिर सरकार बनाउन सक्ने आधार बाँकी नै रहेको भने उनीहरू स्विकार्छन् ।

प्रकाशित मिति : १८ मंसिर २०७९, आइतवार ०७:३२