चालु आर्थिक बर्षको चार महिनामा नेपालमा ३ हजार ३३६ सडक दुर्घटना भएका छन् । साउन, भदौ, असोज र कात्तिकका चार महिनामा भएका ३ हजार ३३६ सडक दुर्घटनामा ५६ जना मानिसको ज्यान गयो भने ८६ जना गम्भीर घाइते भएको ट्राफिक प्रहरीको तथ्याङ्कले देखाएको छ ।
विश्व बैंकले हालै निकालेको एक प्रतिवेदनले यसको रोकथामका लागि तत्काल पहल आवश्यक भएको जनाएको छ । उक्त प्रतिवेदन अनुसार सडक दुर्घटना र हिंसाले प्रत्येक मिनेट आठ जनाभन्दा बढीको ज्यान लिइरहेको छ । ट्राफिक प्रहरीका अनुसार २०७० को दशकको ८ आर्थिक वर्षमा मात्रै १ लाख ८६ हजार २७७ सडक दुर्घटना भएका छन् ।
ती दुर्घटनामा १९ हजार ३५८ ज्यान गुमाए भने १ लाख ३५ हजार १७५ जना मानिस घाइते भए । विश्व बैंकको उक्त प्रतिवेदन हिंसा र दुर्घटनाबाट हुने चोटपटकका कारण हरेक वर्ष ४४ लाख मानिसको मृत्यु हुने गरेको छ । संसारमा प्रत्येक बाह्रौं मृत्युका लागि दुर्घटनाबाट हुने चोटहरू जिम्मेवार छन् ।
विश्व स्वास्थ्य सङ्गठनले जारी गरेको उक्त प्रतिवेदन ‘प्रिभेन्सन इन्जुरिज एन्ड भाइलेन्स ः एन ओभरभ्यु’ले दुर्घटना र हिंसाका कारण दैनिक १२ हजार ५५ जनाले ज्यान गुमाइरहेका छन् । प्रतिवेदनका अनुसार हिंसा र अनयासै चोटपटकका कारण वर्षेनी ४४ लाख मानिसको मृत्यु हुने गरेको छ भने संसारभर प्रत्येक बाह्रौं मृत्युका लागि यी चोटहरू जिम्मेवार छन् ।
सन् २०१९ मा हुने मृत्युमध्ये ८ प्रतिशतका लागि यी चोटपटक र हिंसाका कारण जिम्मेवार रहेको तथ्यांकले देखाएको छ । यो वर्ष अनजानमा भएको चोटपटकले ३१.६ लाखको ज्यान लिएको छ भने हिंसामा परेका घाइतेले १२.५ लाखको ज्यान लिएको छ । यतिमात्र होइन, सडक दुर्घटनाका कारण प्रत्येक तीनमध्ये एक जनाको मृत्यु हुने गरेको पाइएको छ ।
छ मध्ये एक मृत्यु आत्महत्या, नौ मध्ये एक हत्याका कारण र ६१ मा एक युद्ध र द्वन्द्वका कारण छन् । यी बाहेक हरेक वर्ष लाखौं मानिस यस्ता घाउको सिकार हुने गर्छन्, जसका कारण ज्यान जाँदैन तर अस्पताल जानुपर्ने हुन्छ, कतिपय अवस्थामा आकस्मिक भर्ना समेत गर्नुपर्ने हुन्छ । यी चोटहरूबाट घाइते भएका व्यक्तिहरू स्थायी रूपमा असक्षम हुन सक्छन् ।
साथै, उनीहरूलाई दीर्घकालीन स्वास्थ्य हेरचाह चाहिन्छ । एकै समयमा त्यस्ता बिरामीहरूलाई मानसिक स्वास्थ्य हेरचाह र पुनर्वासको पनि आवश्यकता हुन सक्छ । चोटपटक र हिंसाका यी घटनाहरूले शारीरिक हानि मात्र नभइ अर्थतन्त्रमा पनि ठूलो असर पार्छ । यस्ता दुर्घटनाका कारण हरेक वर्ष विश्वभरका देशले आफ्नो स्वास्थ्य प्रणालीमा करोडौं डलर खर्च गर्नुपर्ने जानकारी आएको छ ।
एकै समयमा, चोटपटक र हिंसा पीडितहरूले उनीहरूको कम दक्षता, उत्पादकता र घट्दो आम्दानीको रूपमा तिर्नु पर्छ । यस सम्बन्धमा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का प्रमुख डा टेड्रोस अधानोम गेब्रेयसस भन्छन्, ‘गरिबीमा बस्ने मानिसहरू घाइते हुने सम्भावना बढी हुन्छ ।’ उनका अनुसार यी स्वास्थ्य असमानताहरूलाई सम्बोधन गर्न र चोटपटक र हिंसा रोक्न स्वास्थ्य क्षेत्रको प्रमुख भूमिका छ ।
यति मात्र होइन, प्रतिवेदनले ५ देखि २९ वर्ष उमेर समूहका व्यक्तिको मृत्युको मुख्य पाँच कारणमा सडक दुर्घटनामा घाइते, हत्या र आत्महत्या गरेको खुलासा गरेको छ । चोटपटक वा चोटपटक लाग्ने अन्य कारणहरूमा डुबेर, खसेर, जलेर र विषादीका कारण हुने मृत्युहरू समावेश छन् ।
१५ देखि २९ वर्षका युवाको कुरा गर्ने हो भने उनीहरुको मृत्युको सबैभन्दा ठूलो कारण सडक दुर्घटनामा परी घाइते हुनु नै हो । सडक दुर्घटनाका कारण विश्वभर वर्षेनी २ लाख ७१ हजार ९९० युवाले ज्यान गुमाइरहेका छन् । यस्ता दुर्घटना र घटनालाई निकै कम खर्चमा सीमित गर्न सकिने पनि प्रतिवेदनमा उल्लेख छ ।
उदाहरणका लागि, स्पेनका सहरहरूमा सवारी साधनको गति सीमा ३० किलोमिटर प्रतिघण्टामा बढाउँदा सडक दुर्घटनामा कमी आएको छ । त्यस्तै भियतनाममा पनि मानिसलाई पौडी खेल्ने तालिम दिएर पानीमा डुबेर मृत्यु हुनेको संख्यामा कमी आएको छ । त्यस्तै, नाबालिगलाई यौन हिंसाबाट जोगाउन यौन सहमतिको उमेर १२ वर्षबाट १६ वर्षमा पुर्याएपछि फिलिपिन्समा सकारात्मक परिवर्तन देखिएको छ ।
धेरै देशहरूमा जीवन बचाउनका लागि गरिएका उपायहरू पर्याप्त छैनन् । यसका लागि राजनीतिक इच्छाशक्ति र लगानी चाहिन्छ । डब्ल्यूएचओका निर्देशक इटिन क्रुग भन्छन्, ‘हरेक वर्ष लाखौं परिवारलाई यस अनावश्यक पीडाबाट बचाउन तत्काल कदम चाल्नु आवश्यक छ ।’
सत्यपाटी संवाददाता । काठमाडौं