सूचनाको शक्ति - The Power Of Information

        

अभिनेत्री सोमी अलीले सलमान खानमाथि लगाइन् शारिरीक शोषणको आरोप

भारतीय अभिनेत्री सोमी अलीले सामाजिक सञ्जालमा अभिनेता सलमान खानको नाम नलिई खानको तस्विर राखेर चर्को आलाेचना गरेकी छन् ।

सोमीले आफ्नो पोस्टमा सलमान खानसँगको पुरानो तस्बिर सेयर गर्दै शारीरिक शोषण गरेको आरोप लगाएकी छिन् । यद्यपि सोमीले यो पोस्ट तत्कालै डिलिट गरिन् ।

उनले आफ्नो पोस्टमा सलमान बाहेक सलमानलाई समर्थन गर्ने अभिनेत्रीमाथि पनि हमला गरेकी छिन् । सोमी कुनै समय सलमान खानकी प्रेमिका थिइन् । पछिल्लो समय उनी प्रायः सलमान खानमाथि आक्रमण गर्दै आइरहेकी छिन् ।

उनले हालै आफ्नो र सलमानसँगको पुरानो तस्विर सेयर गर्दै लेखेकी छिन्, ‘अझ धेरै हुनेछ । मेरो शो भारतमा प्रतिबन्ध लगाइयो र त्यसपछि मलाई वकिलहरूबाट धम्की दिइयो । तिमी कायर छौं । तिमीले मलाई वर्षौंदेखि चुरोटले पाेलेर र शारीरिक यातना दिएको थियौं ।’

सोमीले आफ्नो पोस्टमा थप लेखेकी छिन्, ‘महिलामाथि आक्रमण गर्ने पुरुषलाई समर्थन गर्ने सबै महिला कलाकारहरूलाई धिक्कार छ । तिमीलाई समर्थन गर्ने पुरुष कलाकारहरूलाई पनि धिक्कार छ ।’ उनले आफ्नो पोस्टमा कसैको नाम नलेखेको भए पनि सलमानसँगको फोटो सेयर गरेपछि अनुमान लगाउन सकिन्छ कि उनले यी सबै कुरा सलमानका लागि गरिरहेकी छन् ।

यस वर्ष मार्चमा सोमीले सलमानको फिल्म ‘मैने प्यार किया’ को एक तस्बिर सार्वजनिक गर्दै उक्त तस्विरको क्याप्सनमा लेखेकी छिन्– ‘तिम्रो पर्दाफास हुनेछ, तिमीले दुव्यर्बहार गरेका महिलाहरु एक दिन अवश्य अगाडि आउनेछन् र आफ्नो सत्यता बताउछन् । जसरी ऐश्वर्या राय बच्चनले गरिन् ।’

सोमी अमेरिकामा बस्दै आइरहेकी थिइन् । जब उनले सलमान खानको फिल्म ‘मैने प्यार किया’ देखेकी थिइन्, उनी सलमानको प्रेममा परिन् । उनी सलमानसँग यति मोहित भइन् कि उनले भारत आएर उनीसँग विवाह गर्ने निर्णय गरिन् ।

उनी भारत आएर केही समय सलमानसँग प्रेम सम्बन्धमा पनि थिइन् । यस क्रममा उनले ‘कमिला’, ‘माफिया’ र ‘आन्दोलन’ जस्ता फिल्ममा काम गरिन् । केही समयपछि उनको र सलमानको सम्बन्ध टुट्यो र उनी फेरि अमेरिका गइन् ।

प्रकाशित मिति : १६ मंसिर २०७९, शुक्रबार ०९:१२