सूचनाको शक्ति - The Power Of Information

        

धनगढीमा अनिश्चितकालिन कर्फ्यू

जिल्ला प्रशासन कार्यालय कैलालीले धनगढीमा बिहीबार रातिदेखि अनिश्चितकालिन कर्फ्यू लगाएको छ ।

ग्रेडरले च्यापिएर स्थानीय पञ्चोदय माध्यमिक विद्यालयमा कक्षा ८ पढ्ने विद्यार्थी चेतना साउदको मृत्यु भएपछि चर्किएको प्रदर्शन नियन्त्रण गर्न बिहीबार साँझ ७ बजेदेखि अर्को आदेश जारी नभएसम्मका कर्फ्यू लगाइएको हो ।

प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुले सडक अवरुद्ध गरेका थिए भने विद्यार्थीको प्रदर्शनमा स्थानीयहरुले समर्थन गरेका थिए । चालकको लापरबाहीका कारण चेतनाको मृत्यु भएको भन्दै विद्यार्थी र स्थानीयले विरोध जनाएका छन् ।

बिहीबार बिहान धनगढी उपमहानगरपालिका–५ तारानगरकी चेतनालाई हसनपुर पिपलचौतारा नजिक पानी पिच गरिरहेको कालिका कन्स्ट्रक्सनको ग्रेडरले ब्याक गर्ने क्रममा कुल्चिएको थियो ।

ग्रेडरका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने मृतकको शव सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।

प्रकाशित मिति : १६ मंसिर २०७९, शुक्रबार ०८:५०