अर्थमन्त्री जनार्दन शर्माले बाहिर भनेजस्तो मुलुकको अर्थतन्त्र संकटमा नरहेको बताएका छन् ।
अर्थतन्त्रका सूचाकहरू सुधारोन्मुख अवस्थामा रहेको र अब निर्माणले गति लिएर पुँजीगत खर्च बढ्ने भन्दै उनले अहिलेको अवस्थालाई संकट भन्न नमिल्ने तर्क गरे ।
नेपाल आर्थिक पत्रकार समाज (सेजन ) को २६ औं वार्षिकोत्वसका अवसरका बिहीबार अर्थमन्त्री शर्माले केही व्यक्ति तथा आर्थिक क्षेत्रका विज्ञहरूले अर्थतन्त्र संकटतर्फ धकेलिएको बताउँदै आए पनि वास्तविकता त्यस्तो नभएको बताए ।
अहिले राजस्व संकलन घटेको र उपयोग पनि घटेको अवस्था रहेको भन्दै उनले अब विकास निर्माणलाई तिव्रता दिएसँगै माग बढ्ने धारणा राखे ।
सत्यपाटी संवाददाता । काठमाडौँ