सूचनाको शक्ति - The Power Of Information

        

शेयर बजार दोहोरो अङ्कले बढ्यो

शेयर बजार आज बिहीवार दोहोरो अङ्कले बढेको छ ।

शेयर बजार परिसूचक नेप्से आज ११ दशमलव २२ अङ्कले बढेर एक हजार नौ सय ६१ दशमलव शून्य ६ विन्दुमा पुगेको छ ।

आज होटल र निर्जीवन बीमाबाहेक सबै समूहको शेयर सामान्य बढेको छ । आज कारोबार रकम पनि उकालो लागेको छ ।

दुई सय ४१ वटा कम्पनीकाे ३८ लाख ६५ हजार कित्ता शेयर एक अर्ब ३२ करोड २९ लाख रुपैयाँमा कारोबार भएकाे छ ।

सबैभन्दा धेरै नबिल बैंकको १४ करोड ४५ लाख रुपैयाँको शेयर किनबेच भयो ।

नेप्से परिसूचक बढेकाे दिन धौलागिरि लघुवित्तको शेयर १० प्रतिशत र श्वेत गंगा हाइड्रो कम्पनीको शेयर नौ प्रतिशतले बढेको छ ।

प्रकाशित मिति : १५ मंसिर २०७९, बिहीबार १८:००