सूचनाको शक्ति - The Power Of Information

        

काठमाण्डौमा यसवर्षकै चिसो

काठमाण्डौमा आज यसवर्षकै चिसो छ ।

काठमाण्डौको बिहान पौने ६ बजेको न्यूनतम तापक्रम ७ दशमलव ५ डिग्री सेल्सियस रहेको मौसमविद् हिरा भट्टराईले बताउनुभयो । काठमाण्डौको हिजोको न्यूनतम तापक्रम ८ दशमलव २ डिग्री सेल्सियस थियो ।

देशका अन्य ठाउँमा पनि न्यूनतम तापक्रम घट्न थालेको छ । चिसो बढ्दै गएकाले न्यूनतम तापक्रम घट्न थालेको हो । मौसममा असर पार्ने प्रणाली नभए पनि जाडोयाम सुरु भइसकेकाले चिसो बढेको हो । देशभर नै बिहान र बेलुका चिसो धेरै छ ।

दिउँसो भने पारिलो घाम लाग्ने गरेकाले न्यानो छ । देशका धेरै ठाउँको अधिकतम तापक्रम २० डिग्री सेल्सियसभन्दा माथि नै रहेको मौसमविद् हिरा भट्टराईले जानकारी दिनुभयो ।

प्रकाशित मिति : १५ मंसिर २०७९, बिहीबार ०७:५०