सूचनाको शक्ति - The Power Of Information

        

प्रतिनिधि सभा सदस्य निर्वाचन

समानुपातिकतर्फ कांग्रेसमाथि एमालेको डेढ लाख मतको अग्रता

'एकीकृत समाजवादी पनि राष्ट्रिय पार्टी बन्ने दिशातर्फ'

प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ ।

निर्वाचन आयोगका अनुसार अहिलेसम्म एक करोड १ लाख ७५ हजारभन्दा बढी मतगणना सकिएको छ । पछिल्लो तथ्यांकअनुसार नेकपा (एमाले) ले प्रतिनिधिसभातर्फ समानुपातिकमा २७ लाख २२ हजारभन्दा बढी मत प्राप्त गर्दा नेपाली कांग्रेसले २५ लाख ८६ हजार मत पाएको छ ।

यस्तै, नेकपा (माओवादी केन्द्र) ले ११ लाख ५३ हजार, राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख ४ हजार, राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ७९ हजार, जनता समाजवादी पार्टी (जसपा) ले ४ लाख ८ हजार, जनमत पार्टीले ३ लाख ७५ हजार मत प्राप्त गरी थ्रेस होल्ड कटाएका छन् ।

यस्तै, २ लाख ९० हजार मत कटाएको नेकपा (एकीकृत समाजवादी) थ्रेसहोल्ड कटाउन संघर्षरत छ । निर्वाचनमा १ करोड ७९ लाख ८८ हजार पाँच सय ७० मतदातामध्ये ६१ प्रतिशत अर्थात् करिब १ करोड नौ लाख हाराहारीमा मत खसेको बताईएको छ । निर्वाचनमा खसेको मतमध्ये सदर मतको तीन प्रतिशतलाई थ्रेसहोल्ड मानिएको छ ।

राजनीतिक दल सम्बन्धी ऐनमा प्रतिनिधिसभाको निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ खसेको सदर मतको कम्तीमा तीन प्रतिशत मत र पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ एक सिट प्राप्त गर्ने दलले मात्र राष्ट्रिय दलको मान्यता प्राप्त गर्ने उल्लेख छ ।

प्रकाशित मिति : १५ मंसिर २०७९, बिहीबार ०७:४४