सूचनाको शक्ति - The Power Of Information

        

थाहा पाउनुहोस् आजको मौसम

हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन। हाल कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश लगायत देशका अन्य पहाडी भूभागमा आंशिक बदली रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश १ र गण्डकी लगायत देशका पहाडी भूभागमा आंशिक बदलीको सम्भावना छ। बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

राति सुदूरपश्चिम र प्रदेश १ का पहाडी भूभागका थोरै स्थानमा आंशिक बदलीको आकलन छ।

शुक्रबार सुदूरपश्चिम र कर्णाली लगायत देशका पहाडी भूभागमा आंशिक बदलीको प्रक्षेपण महाशाखाले गरेको छ।

पछिल्लो समय तराईमा हुस्सुरकुहिरो लाग्न थालेको छ। मुलुकभर तापक्रम क्रमिक रूपमा घट्दै गएकाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ।

प्रकाशित मिति : १५ मंसिर २०७९, बिहीबार ०७:३९