सूचनाको शक्ति - The Power Of Information

        

चलचित्र ‘ब्लर’ को ट्रेलर सार्वजनिक

बलिउड अभिनेत्री तापसी पन्नुको चलचित्र ‘ब्लर’ को ट्रेलर सार्वजनिक भएको छ ।

यो एक मनोवैज्ञानिक थ्रिलर फिल्म हो, जुन डिसेम्बर ९ मा ओटीटी प्लेटफर्ममा सार्वजनिक हुनेछ।

यस चलचित्रमा तापसीले आफ्नी जुम्ल्याहा बहिनीको हत्याको अनुसन्धान गरिरहेको केटीको भूमिका निभाएकी छिन् तर, उनको आँखाको ज्योति बिस्तारै कमजोर हुँदै गइरहेको छ ।

यो चलचित्रको ट्रेलर हेरेपछि फ्यानहरु यस चलचित्रको प्रतिक्षामा छन् । तापसीको यो पहिलो होम प्रोडक्सन फिल्म हो । चलचित्र ओटीटी प्लेटफर्म जी ५ मा रिलिज हुनेछ ।

चलचित्रलाई अजय बहलले निर्देशन गरेका छन् ।

प्रकाशित मिति : १४ मंसिर २०७९, बुधबार ०८:३६