सूचनाको शक्ति - The Power Of Information

        

निर्वाचन विशेष

१४५ क्षेत्रका यस्ता छन् निर्वाचित सांसद, बाँकीमा कसको अग्रता कहाँ ? (सूचीसहित)

मंसिर ४ गते भएको प्रतिनिधिसभा निर्वाचनको मत परिणाम आउने क्रम जारी छ ।

बिहान पौने ५ बजेसम्म १४५ सिटको नतिजा आएको छ । जसमा कांग्रेस पहिलो स्थानमा छ । कांग्रेसले ४७ क्षेत्रमा चुनाव जितेको छ । दोस्रो स्थानमा रहेको नेकपा (एमाले)ले ३८, नेकपा (माओवादी केन्द्र)ले १६ सिट जितेको छ ।

नेकपा (एकीकृत समाजवादी)ले १०, राष्ट्रिय स्वतन्त्र पार्टीले सात, राष्ट्रिय प्रजातन्त्र पार्टीले सात, जसपाले पाँच, लोसपाले चार र नागरिक उन्मुक्ति पार्टीले तीन क्षेत्रमा जितेको छ । नेमकिपा, जनमत पार्टी, जमोर्चाले एक/एक सिट जित्दा राष्ट्रिय स्वतन्त्र उमेदवारले पाँच सिटमा जितेका छन् ।

कसले कहाँ जिते ?

१) मुस्ताङ – योगेश गौचन
२) मनाङ – टेकबहादुर गुरुङ
३) काठमाडौं १ – प्रकाशमान सिंह
४) काठमाडौं ३ – सन्तोष चालिसे,
५) काठमाडौं ४– गगनकुमार थापा
६) काठमाडौं ५ – प्रदीप पौडेल
७) रसुवा – मोहन आचार्य
८) ललितपुर १ – उदयशमशेर जबरा
९) तनहुँ २ – शंकर भण्डारी
१०) डडेलधुरा – शेरबहादुर देउवा
११) काठमाडौं १० – राजेन्द्र कुमार केसी
१२) पर्सा ४ – रमेशकुमार रिजाल
१३) सुर्खेत २ – हृदयराम थानी
१४) ओखलढुंगा – रामहरि खतिवडा
१५) झापा १ – विश्वप्रकाश शर्मा
१६) पर्सा १ – अजयकुमार चौरसिया
१७) गोरखा १ – राजेन्द्र बजगाई
१८) म्याग्दी – खमबहादुर गर्बुजा
१९) अछाम २ – पुष्पबहादुर शाह
२०) कैलाली ४ – वीरबहादुर बलायर
२१) दार्चुला – दिलेन्द्रप्रसाद बडू
२२) कञ्चनपुर ३ – रमेश लेखक
२३) भक्तपुर २– दुर्लभ थापा क्षेत्री
२४) दैलेख २ – दिक्पाल कुमार शाही
२५) कञ्चनपुर २ – एनपी साउँद
२६) तनहुँ १ – रामचन्द्र पौडेल
२७) बाँके ३ – किशोरसिंह राठौर
२८) नवलपुर १ – शशांक कोइराला
२९) धादिङ २ – रामनाथ अधिकारी
३०) रौतहट ४ – देवप्रसाद तिमल्सिना
३१) सिन्धुली १ – श्यामकुमार घिमिरे
३२) सप्तरी ३ – दिनेशकुमार यादव
३३) नवलपुर २ – विष्णुकुमार कार्की
३४) सुर्खेत १ – पूर्णबहादुर खड्का
३५) बर्दिया २ – सञ्जय गौतम
३६) दाङ ३ – दीपक गिरी
३७) नवलपरासी १ – विनोद चौधरी
३८) सिन्धुपाल्चोक २ – मोहन बस्नेत
३९) धनुषा २ – रामकृष्ण यादव
४०) स्याङ्जा १ – राजु थापा
४१) गुल्मि १– चन्द्र भण्डारी
४२) मोरङ ६ – डा. शेखर कोइराला
४३) मोरङ ३ – डा. सुनिल शर्मा
४४) कपिलबस्तु २ – सुरेन्द्रराज आचार्य
४५) संखुवासभा – दिपक खड्का
४६) तेह्रथुम – सीता गुरुङ
४७) कैलाली ५ – डिल्लिराम पन्त

नेकपा (एमाले)

१) उदयपुर २ – अम्बरबहादुर रायमाझी
२) काठमाडौं ९ – कृष्णगोपाल श्रेष्ठ
३) ललितपुर २ – प्रेमबहादुर महर्जन
४) गुल्मी २ – गोकर्ण विष्ट
५) झापा २ – देवराज घिमिरे
६) झापा ५ – केपी शर्मा ओली
७) ताप्लेजुङ – योगेश भट्टराई
८) पर्सा ३ – राजकुमार गुप्ता
९) अर्घाखाँची – टोपबहादुर रायमाझी
१०) प्युठान – सूर्य थापा
११) मकवानपुर २ – महेश कुमार बर्तौला
१२) कास्की २ – विद्या भट्टराई
१३) पर्वत – पदम गिरी
१४) लमजुङ – पृथ्वीसुब्बा गुरुङ
१५) रुपन्देही ५ – वासुदेव घिमिरे
१६) सोलुखुम्बु – मानवीर राई
१७) धनकुटा – राजेन्द्र राई
१८) झापा ४ – एलपी साँवा लिम्बु
१९) सिरहा १ – राम शंकर यादव
२०) बाँके १ – सूर्यप्रसाद ढकाल
२१) बैतडी – दामोदर भण्डारी
२२) कपिलवस्तु १ – बलराम अधिकारी
२३) कञ्चनपुर १ – तारा लामा तामाङ
२४) पाँचथर – वसन्त कुमार नेम्वाङ
२५) कास्की ३ – दामोदर पौडेल
२६) सर्लाही ३ – हरिप्रसाद उप्रेती
२७) मोरङ २ – ऋषीकेश पोखरेल
२८) कपिलवस्तु ३ – मंगलप्रसाद गुप्ता
२९) रुपन्देही १ – छविलाल विश्वकर्मा
३०) रुपन्देही २ – विष्णु पौडेल
३१) पाल्पा १ – नारायण आचार्य
३२) कास्की १ – मनबहादुर गुरुङ
३३) काभ्रे २ – गोकुल बास्कोटा
३४) बारा ३– ज्वाला कुमारी शाह
३५) बारा १ – अच्युत मैनाली
३६) पाल्पा २– ठाकुर गैरे
३७) सिराह ३ – लिलानाथ श्रेष्ठ
३८) धनुषा ३ – जुली कुमारी महतो

नेकपा (माओवादी केन्द्र)

१) सिन्धुली २ – लेखनाथ दाहाल
२) सिन्धुपाल्चोक १ – माधव सापकोटा
३) बाग्लुङ २ – देवेन्द्र पौडेल
४) रोल्पा – वर्षमान पुन
५) रुकुम पूर्व – पूर्णबहादुर घर्तीमगर
६) जाजरकोट – शक्तिबहादुर बस्नेत
७) गोरखा २ – पुष्पकमल दाहाल ‘प्रचण्ड’
८) दाङ २ – रेखा शर्मा
९) रुकुम पश्चिम – जनार्दन शर्मा ‘प्रभाकर’
१०) खोटाङ – रामकुमार राई
११) भोजपुर – सुदन किराँती
१२) मोरङ ४ – अमनलाल मोदी
१३) हुम्ला – कार्चेन लामा
१४) नुवाकोट १ – हितबहादुर तामाङ
१५) खोटाङ – रामकुमार राई
१६) काभ्रे १ – सूर्यमान तामाङ

नेकपा (एकीकृत समाजवादी)

१) अछाम १ – शेरबहादुर कुँवर
२) बारा ४ – कृष्णकुमार श्रेष्ठ
३) दैलेख १ – अमरबहादुर थापा
४) सल्यान – प्रकाश ज्वाला
५) डोटी – प्रेमबहादुर आले
६) बझाङ – भानुभक्त जोशी
७) रौतहट १ – माधवकुमार नेपाल
८) डोल्पा – धनबहादुर बुढा
९) धादिङ १ – राजेन्द्र पाण्डे
१०) दाङ १ – मेटमणि चौधरी

राष्ट्रिय स्वतन्त्र पार्टी

१) काठमाडौं ७ – गणेश पराजुली
२) काठमाडौं ८ – विराजभक्त श्रेष्ठ
३) काठमाडौं २ – सोबिता गौतम
४) काठमाडौं ६ – शिशिर खनाल
५) ललितपुर ३ – तोसिमा कार्की
६) चितवन २ – रवि लामिछाने
७) चितवन १ – हरि ढकाल

राष्ट्रिय प्रजातन्त्र पार्टी

१) बाँके २ – धवलशमशेर जबरा
२) जुम्ला – ज्ञानेन्द्रबहादुर शाही
३) मकवानपुर १ – दीपकबहादुर सिंह
४) झापा ३ – राजेन्द्र लिङ्देन
५) चितवन ३ – विक्रम पाण्डे
६) नवलपरासी पश्चिम २ – ध्रुवबहादुर प्रधान

जनता समाजवादी पार्टी, नेपाल

१) पर्सा १ – प्रदीप यादव
२) सप्तरी १– नवलकिशोर साह
३) सिराह ४– विरेन्द्र प्रसाद महतो
४) सिराह २ – राजकिशोर यादव
५) बारा २ – रामसहाय प्रसाद यादव

लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल

१) रूपन्देही ४ – सर्वेन्द्रनाथ शुक्ला
२) सर्लाही १ – रामप्रकाश चौधरी
३) महोत्तरी २ – शरदसिंह भण्डारी
४) महोत्तरी ३ – महन्थ ठाकुर

नागरिक उन्मुक्ति पार्टी

१) कैलाली ३ – गंगाराम चौधरी
२) कैलाली १ – रञ्जिता श्रेष्ठ चौधरी
३) कैलाली २ – अरुणकुमार चौधरी

जनमत पार्टी

१) सप्तरी २ – सीके राउत

राष्ट्रिय जनमोर्चा

१) बाग्लुङ १ – चित्रबहादुर केसी

नेपाल मजदुर किसान पार्टी

१) भक्तपुर १ – प्रेम सुवाल

स्वतन्त्र

१) बर्दिया २ – लालवीर चौधरी
२) सर्लाही ४ – अमरेशकुमार सिंह
३) मोरङ ५ – योगी मण्डल
४) रौतहट ३ – प्रभु साह
५) रौतहट २ – किरण साह

अब २० निर्वाचन क्षेत्रमा मतपरिणाम आउन बाँकी छ ।

बाँकी रहेका निर्वाचन क्षेत्र

इलाम १ मा एमालेका महेश बस्नेतले अग्रता लिएका छन् । इलाम क्षेत्र नम्बर २ मा एमालेका सुवास नेम्वाङ अगाडि छन् । मोरङ १ मा एमालेका घनश्याम खतिवडाले अग्रतालाई कायमै राखेका छन् ।

सुनसरी १ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट गोमा तामाङको अग्रता छ । सुनसरी २ मा एमालेका भीम आचार्यले अग्रता लिएका छन् । सुनसरी ३ मा एमालेकी भगवती चौधरी अग्रस्थानमा छिन् । सुनसरी ४ मा एमालेका जगदिशप्रसाद कुसियैत अगाडि छन् ।

सप्तरी १ मा जसपाका नवलकिशोर साह र सप्तरी ४ मा कांग्रेसका तेजुलाल चौधरीको अग्रता छ । धनुषा १ मा जसपाका दीपक कार्की र ४ मा कांग्रेस सहमहामन्त्री महेन्द्र यादवले अग्रता कायम राखेका छन् ।

महोत्तरी १ मा माओवादीका गिरिराजमणि पोखरेल र ४ मा कांग्रेसका महेन्द्रकुमार रायले अग्रता कायम राखेका छन् । सर्लाही २ मा माओवादीबाट महिन्द्रराय यादवको अग्रता कायम छ ।

नुवाकोट २ मा अर्जुननरसिंह केसीले भारी मतान्तरसहित अग्रता कायम राखेका छन् । दोलखामा मतगणना हुन सकेको छैन । रामेछापमा पनि कांग्रेसले अग्रता कायम गरेको छ ।

स्याङ्जा २ मा विवादका कारण मतगणना सुरु भएको छैन । रूपन्देही ३ मा राप्रपाका दीपक बोहराले आफ्नो अग्रतालाई कायम राखेका छन् । मुगुमा कांग्रेसले अग्रता कायमै राखेको छ । बाजुरामा विवादका कारण मतगणना सुरु हुन सकेको छैन ।

प्रकाशित मिति : १० मंसिर २०७९, शनिबार ०७:२७