सूचनाको शक्ति - The Power Of Information

        

समानुपातिकमा एमालेलाई १३ लाख २४ हजार र कांग्रेसलाई १२ लाख ५० हजार मत

आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । प्रत्यक्षका साथै समानुपातिक तर्फको मतगणना पनि जारी नै रहेको छ ।

निर्वाचन आयोगको पछिल्लो मतपरिणाम अनुसार समानुपातिकतर्फ नेकपा एमालेले सबैभन्दा धेरै मत ल्याएको छ । आयोगको प्रणालीमा प्रविष्ट तथ्यांकका अनुसार एमालेले हालसम्म १३ लाख २४ हजार ३ सय ५५ मत ल्याएको छ ।

त्यस्तै, नेपाली कांग्रेसले समानुपातिकमा दोस्रो स्थान हासिल गरेको छ । आयोगका अनुसार कांग्रेसले समानुपातिकतर्फ १२ लाख ५० हजार ७ सय ५६ मत ल्याएको छ ।

त्यसैगरी रवि लामिछानेले नेतृत्व गरेको राष्ट्रिय स्वतन्त्र पार्टी समानुपातिकतर्फ तेस्रो भएको छ । स्वतन्त्र पार्टीले हालसम्म ६ लाख ८ हजार ४ सय ४६ समानुपातिक मत प्राप्त गरेको छ ।

नेकपा माओवादी केन्द्र भने चोथौ स्थानमा खुम्चेको छ । माओवादीले हालसम्म ५ लाख ७२ हजार १ सय ४१ मत प्राप्त गरेको छ । त्यस्तै, पाचौँ भएको राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले ३ लाख १५ हजार २ सय २६ समानुपातिक मत प्राप्त गर्दा छैटौँ भएको जनता समाजवादी पार्टी नेपालले १ लाख ५४ हजार ३ सय ६६ मत ल्याएको छ ।

प्रकाशित मिति : ९ मंसिर २०७९, शुक्रबार १७:४७