सूचनाको शक्ति - The Power Of Information

        

बर्दिया–१ बाट कांग्रेसका सञ्जय गौतम निर्वाचित

बर्दिया क्षेत्र नं १ मा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार सञ्जयकुमार गौतम विजयी भएका छन् । उनले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका लक्ष्मणराज ज्ञवालीलाई पराजित गरेका हुन् ।

गौतमले ३० हजार छ सय ११ मत तथा ज्ञवालीले २६ हजार एक सय ५५ मत प्राप्त गरे । गौतमले चार हजार चार सय ५६ मतान्तरले ज्ञवालीलाई पराजित गरे ।

यो निर्वाचन क्षेत्रमा एक लाख ६२ हजार छ सय ६२ मतदाता रहेकामा एक लाख चार हजार चार सय दुई जनाले मतदान गरेका थिए । ६ हजार चार सय २१ मत बदर भएको थियो ।

प्रकाशित मिति : ९ मंसिर २०७९, शुक्रबार १७:३९