सूचनाको शक्ति - The Power Of Information

        

हुम्लाको प्रदेश सभा सदस्यमा रणसिंह परियार निर्वाचित

हुम्लाबाट प्रदेश सभा सदस्यमा नेकपा माओवादी केन्द्रका रणसिंह परियार निर्वाचित भएका छन् ।

स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेसका मंगलबहादुर शाहीलाई १८५१ मतले पराजित गर्दै परियार विजयी भएका हुन् । यो क्षेत्र माओवादीको भागमा परेपछि शाहीले विद्रोह गरेर बागी दिएका हुन् ।

माओवादीका परियारले ६४८१ मत ल्याए भने शाही ४६३० मत ल्याए । यस्तै एमालेका दल फडेराले २०९९, एकीकृत समाजवादीका हस्तबहादुर शाहीले ७८८ मत पाए । यहाँ ३३२ मत बदर भएको छ ।

प्रकाशित मिति : ९ मंसिर २०७९, शुक्रबार ०८:१७