सूचनाको शक्ति - The Power Of Information

        

लालबाबुलाई हराउँदै मोरङबाट शेखर कोइराला विजयी

एमालेका निवर्तमान सांसद तथा पूर्वमन्त्री लालबाबु पण्डितलाई हराउँदै नेपाली कांग्रेसका नेता शेखर कोइराला प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएकाे छ ।

उहाँ मोरङ क्षेत्र ६ बाट विजयी हुनुभएकाे हाे । कोइरालाले १२ हजार २८४ सय मत अन्तरले एमालेका निवर्तमान सांसद पण्डितलाई हराउनु भएकाे हाे।

कोइरालाले ३५ हजार २१३ मत ल्याउँदा पण्डितले २२ हजार ९२९ मत प्राप्त गर्नुभएकाे छ ।

प्रकाशित मिति : ९ मंसिर २०७९, शुक्रबार ०८:१०