सूचनाको शक्ति - The Power Of Information

        

चीनमा कोरोना संक्रमणले पुनः गति लिदै

चीनमा कोरोना संक्रमणले पुनः गति लिन थालेको छ ।

गत बुधरबार संक्रमण शुरू भए यताकै सवैभन्दा धेरै संक्रमतिहरू फेला परेपछि पुनः अर्को लहर आउने आशंका चिनियाँ अधिकारीहरूमा बढेको छ ।

राजधानी पेइचिङ र ब्यापारिक केन्द्र क्वाङचौलगायतका मूख्य शहरहरुमा एकैदिन ३१ हजार ५२७ जना नयाँ संक्रमित फेला परेका हुन । गत अप्रिलमा एकैदिन २८ हजार संक्रमित फेला परेका थिए ।

शून्य कोभिड नीतिको सर्वत्र विरोध हुन थालेपछि चीन सरकारले खुकुलोपन बढाउदै लगेको बेला हालसम्म्कै उच्च संख्यामा संक्रमित फेला पर्दा चिनियाँ अधिकारीहरू अन्यौलमा परेका छन् ।

चीनले पछिल्लो समय क्यारेन्टिनलाई सात दिनबाट घटाएर पाँच दिनमा झारेको थियो भने ठूला शहरहरुमा खुकुलो बनाउन सुरू गरेको थियो ।

प्रकाशित मिति : ९ मंसिर २०७९, शुक्रबार ०७:३७