सूचनाको शक्ति - The Power Of Information

        

निर्वाचन विशेष

समानुपातिकतर्फ कसको कति मत (विवरणसहित)

समानुपातिकतर्फको मतगणनामा सुरुआतदेखि नै अग्रता लिइरहेको एमाले पहिलो, नेपाली कांग्रेस दोस्रो, राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो र नेकपा माओवादी केन्द्र चौथो स्थानमा छन् ।

जारी मतगणनामा प्रतिनिधिसभातर्फको समानुपातिकमा नेकपा (एमाले) शीर्षस्थानमा छ । समानुपातिकतर्फको मतगणनामा सुरुआतदेखि नै अग्रता लिइरहेको एमालेले बिहान ६ बजेसम्ममा आठ लाख ९४ हजार ४०९ मत पाएको छ ।

निर्वाचन आयोगका अनुसार नेपाली कांग्रेसले आठ लाख ५७ हजार ६२१ मत ल्याएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी चार लाख ३२ हजार ५७५ मतसहित तेस्रो स्थानमा छ । चौथो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले चार लाख दुई हजार ४९९ मत पाएको छ ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले दुई लाख ३३ हजार ३७५ मत पाएको छ । जनता समाजवादी पार्टीले एक लाख १२ हजार ५७९ मत ल्याएको छ । जनमत पार्टीले ६७ हजार ६१४, नागरिक उन्मुक्ति पार्टीले ६२ हजार ५४७, र नेकपा एकीकृत समाजवादीले ६१ हजार ७०४ मत प्राप्त गरेका छन् ।

नेपाल मजदुर किसान पार्टीले ५६ हजार १८३ मत पाएको छ । यस्तै लोकतान्त्रिक समाजवादी पार्टी नेपालले ५१ हजार २०० मत ल्याउँदा हाम्रो नेपाली पार्टीले २९ हजार ४२३ मत पाएको छ । राष्ट्रिय जनमोर्चाले २१ हजार ८१४ मत पाएको छ भने मंगोल नेसनल अर्गनाइजेसनले १७ हजार १८६ मत पाएको छ ।

नेकपा माले, राष्ट्रिय जनमुक्ति पार्टी, नेपाल संघीय समाजवादी पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, राप्रपा नेपाल लगायत दलले समानुपातिकतर्फ १० हजारभन्दा कम मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति : ९ मंसिर २०७९, शुक्रबार ०७:२१