नवलपरासी पश्चिमबाट नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरी विजयी भएका छन् ।
चौधरीले जनता प्रगतिशील पार्टी नेपालका हृदेश त्रिपाठीलाई फराकिलो मतान्तरले पराजित गरेका हुन् ।
चौधरीले २९ हजार ४९५ मत प्राप्त गरे भने त्रिपाठीले २२ हजार ३०८ मत प्राप्त गरेका छन् ।
यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका महेन्द्र सेनले १२ हजार ४९९ मत प्राप्त गरेका छन् ।
सत्यपाटी संवाददाता । काठमाडौँ