सूचनाको शक्ति - The Power Of Information

        

राजनीति

दाहाल–ओली फोन वार्ता, ‘के अब फेरि होला सहकार्य ?’

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई टेलिफोन गर्दै सहकार्य गरेर जाने संभावनाबारे जिज्ञासा राखेका छन् ।

चुनाव जितेपछि बधाई दिनका लागि ओलीले गरेको टेलिफोनका क्रममा उनले पुरानो तिक्तता भुलेर आगामी दिनमा सहकार्यबारे कुरा गरेका थिए ।

दाहालको सचिवालयले टेलिफोन संवाद भएको पुष्टि गरेको छ । ‘अध्यक्ष ओलीको चासो आगामी दिनका कसरी जाने भन्ने विषयमा रहेको थियो,’ दाहालका स्वकीय सचिव रमेश मल्लले भने । नेकपाको विभाजनपछि दुवै नेताहरु तिक्कतापूर्ण सम्बन्ध रहँदै आएको थियो ।

२०७७ माघमा नेकपा विभाजनपछि अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को विषयमा संसदमा विवाद भएको समयमा दुवै नेताबीच भेटघाट भएको थियो । ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा र देउवाले अध्यक्ष दाहाललाई टेलिफोन गरेर बधाई दिएका थिए ।

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहीबार १८:४४