नेपाली कांग्रेसले प्रतिनिधिसभातर्फ अहिलेसम्म २५ क्षेत्रमा जित दर्ता गरेको छ।
डडेलधुराबाट प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवासहित कांग्रेस २५ निर्वाचन क्षेत्रबाट विजयी भएको हो। कांग्रेसका दुवै महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मासमेत विजयी भएका छन्।
कांग्रेस २५ क्षेत्रमा विजयी हुँदा एमालेले १५ क्षेत्रमा जित निकालेको छ भने माओवादी केन्द्रले ७ सिटमा विजयी भएको छ। नेकपा एकीकृत समाजवादीले ६ ठाउँमा जित निकाल्दा र राष्ट्रिय स्वतन्त्र पार्टी चार क्षेत्रमा विजयी भएको छ।
कांग्रेसका विजयी उम्मेदवार
-
शेरबहादुर देउवा, डडेलधुरा
-
गगन थापा, काठमाडौं, ४
-
प्रदीप पौडेल, काठमाडौं ५
रमेश रिजाल, पर्सा ४
-
शंकर भण्डारी, तनहुँ २
-
हृदयराम थानी, सुर्खेत २
-
उदयशमशेर राणा, ललितपुर १
-
मोहन आचार्य, रसुवा
-
सन्तोष चालिसे, काठमाडौं ३
-
राजेन्द्रकुमार केसी, काठमाडौं १०
-
प्रकाशमान सिंह, काठमाडौं १
-
योगेश गौचन थकाली, मुस्ताङ
-
टेकबहादुर गुरुङ, मनाङ
-
रामहरि खतिवडा, ओखलढुंगा
-
विश्वप्रकाश शर्मा, झापा-१
-
दुर्लभ थापा, भक्तपुर-२
-
दिक्पालकुमार शाही, दैलेख-२
-
अजयकुमार चौरसिया, पर्सा-२
-
पुष्प शाह, अछाम-२
-
रमेश लेखक, कञ्चनपुर-३
-
दिलेन्द्रप्रसाद बडू, दार्चुला
-
वीरबहादुर बलायर, कैलाली-४
-
राजेन्द्र बजगाइँ, गोरखा-१
-
खमबहादुर गर्बुजा, म्याग्दी
-
एनपी साउद, कञ्चनपुर-२
सत्यपाटी संवाददाता । काठमाडौँ