सूचनाको शक्ति - The Power Of Information

        

एमाले जितेका १५ निर्वाचन क्षेत्र (सूचीसहित)

नेकपा (एमाले) १५ निर्वाचन क्षेत्रमा विजयी भएको छ। प्रतिनिधिसभातर्फ ६५ क्षेत्रको परिणाम सार्वजनिक हुँदा एमालेले १५ सिट जितेको हो।

कांग्रेस २५ जितिसकेको छ भने १५ सिट जितेर अहिलेसम्म एमाले दोस्रो दल बनेको छ। कांग्रेससँग गठबन्धन गरेको माओवादी केन्द्रले ७ सिट जितेको छ भने एकीकृत समाजवादीले ६ सिट जितेको छ।

रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीले भने अहिलेसम्म ४ सिट जितेको छ।

एमालेका विजयी १५ उम्मेदवार

  • केपी ओली, झापा-५

  • योगेश भट्टराई, ताप्लेजुङ

  • प्रेमबहादुर महर्जन, ललितपुर-२

  • कृष्णगोपाल श्रेष्ठ, काठमाडौं-९

  • गोकर्ण विष्ट, गुल्मी-२

  • डम्बरबहादुर रायमाझी, उदयपुर-२

  • देवराज घिमिरे, झापा-२

  • राजकुमार गुप्ता, पर्सा-३

  • टोपबहादुर रायमाझी, अर्घाखाँची

  • पृथ्वीसुब्बा गुरूङ, लमजुङ

  • महेशकुमार बर्तौला, मकवानपुर-२

  • विद्या भट्टराई, कास्की-२

  • वासुदेव घिमिरे, रूपन्देही-५

  • पदम गिरी, पर्वत

  • सूर्य थापा, प्यूठान

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहीबार ०८:५२