चितवन-२ मा २५ हजारभन्दा धेरै मतले रवि लामिछानेको अग्रता
सत्यपाटी संवाददाता । चितवन
चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले २५ हजारभन्दा धेरैले अग्रता बनाउनु भएको छ ।
पछिल्लो मतगणनाअनुसार लामिछानेले ३९ हजार २ सय १६ मत ल्याउँदा कांग्रेसका उमेश श्रेष्ठले १३ हजार ५ सय ३ मत पाउनु भएको छ । लामिछाने र श्रेष्ठबीचको मतान्तर २५ हजार ७ सय १३ रहेको छ।
यस्तै, एमालेका कृष्णभक्त पोखरेलले १२ हजार ७ सय ७२ मत ल्याउनु भएको छ ।
सत्यपाटी संवाददाता । चितवन