सूचनाको शक्ति - The Power Of Information

        

कांग्रेसका उम्मेदवारलाई हराउँदै सुर्खेत २ ‘क’ बाट यमलाल कँडेल निर्वाचित

सुर्खेत २ को ‘क’ बाट नेकपा एमालेका यमलाल कँडेल निर्वाचित भएका छन् ।

सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका कांग्रेसका कालीप्रसाद शाक्यलाई १६१ मतले पराजित गर्दै एमालेका कँडेल प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् ।

कँडेलले १८ हजार ५६१ मत पाउँदा उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेस शाक्यले १८ हजार ४०० मत पाए । कँडेल अघिल्लो पटक पनि यही क्षेत्रबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहीबार ०७:३४