सूचनाको शक्ति - The Power Of Information

        

जाजरकोटमा माओवादी केन्द्रका शक्ति बस्नेतको ह्याट्रिक

जाजरकोटबाट नेकपा माओवादी केन्द्रका शक्तिबहादुर बस्नेत निर्वाचित भएका छन् ।

एमालेका निरज आचार्यलाई पराजित गर्दै माओवादी केन्द्रका बस्नेत प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । माओवादी केन्द्रका बस्नेतको यो लगातार तेस्रो जित हो ।

निर्वाचित बस्नेतले ३४ हजार १५१ मत प्राप्त गर्दा उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका आचार्यले २५ हजार १२० मत पाए ।बस्नेत २०७० र २०७४ को निर्वाचनमा जाजरकोटबाटै निर्वाचित भएका थिए ।

प्रकाशित मिति : ८ मंसिर २०७९, बिहीबार ०७:३२