सूचनाको शक्ति - The Power Of Information

        

बाँकेको प्रदेश सभा १ (क) : नमुनाको अग्रता कायमै

बाँकेको प्रदेश सभा १ (क) मा नेकपा माओवादी केन्द्रकी उम्मेदवार कृष्णा केसी नमुनाले अग्रता कायमै राखेकी छन् ।

बाँकेको अगैयास्थित राप्ती सोनारी गाउँपालिका कार्यालयको सभाहलमा जारी मत गणना अनुसार माओवादीकी नमुनाले ६ सय ७४ मतले अग्रता लिएकी हुन् ।

उनले ३६५१ मत ल्याएर अग्रता लिइरहेकी छन् । उनलाई राप्रपाका उम्मेदवार नरेन्द्रकुमार पौडेलले पछ्याइरहेका छन् । पौडेलले २९७७ मत प्राप्त गरेका छन् । यस्तै जनता समाजवादी पार्टी(जसपा)का अम्बरबहादुर खड्काले २२६७ मत ल्याएका छन् ।

यसैगरी नागरिक उन्मुक्ती पार्टीका सोमराज चौधरीले ११७४, स्वतन्त्र उम्मेदजार तीर्थराज डाँगीले १०२६ मत ल्याएका छन् ।

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार १७:५९