सूचनाको शक्ति - The Power Of Information

        

सुवास नेम्वाङको क्षेत्रमा मतगणना स्थगित

इलाम क्षेत्र नम्बर २ मा मतगणना स्थगित भएको छ।

मुख्य निर्वाचन अधिकृत दीपककुमार दाहालले केहीबेरदेखि मतगणना स्थगित भएको जानकारी दिए।

दाहालका अनुसार नेपाली कांग्रेसका उम्मेदवारले गणना भइसकेको मतपत्रलाई लिएर विवाद उठाएपछि मतगणना स्थगित भएको हो।

कांग्रेस उम्मेदवारले गनिसकेको मतपत्र लापारबाही तरिकाले राखिएको भन्दै असन्तुष्टि जनाउँदा विवाद सिर्जना भएको उनले जनाए।

विवाद भएपछि अहिले सर्वदलीय बैठक बस्ने तयारी भइरहेको छ। निर्वाचन अधिकृत दाहालले साढे ५ बजे सर्वदलीय बैठक बसेर गणना सुरू गरिने बताए।

‍इलाम-२ मा एमालेका सुवासचन्द्र नेम्वाङ र कांग्रेसका डम्बरबहादुर खड्काबीच प्रतिस्पर्धा भइरहेको छ।

पछिल्लो मतपरिणाम अनुसार नेम्वाङ अगाडि रहेका छन्। उनले ९ हजार ९८३ मत ल्याउँदा खड्काले ८ हजार ७२५ मत प्राप्त गरेका छन्।

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार १७:४९