सूचनाको शक्ति - The Power Of Information

        

आम निर्वाचन २०७९:

२७ निर्वाचन क्षेत्रको नजिता सार्वजनिक, प्रतिनिधिसभातर्फ कांग्रेस १३

एमाले ५ र रास्वपा ४ सिटमा विजयी

आम निर्वाचनको मत गणनाको परिणाम आउने क्रम जारी छ ।

प्रतिनिधिसभातर्फ अहिलेसम्म २७ वटा निर्वाचन क्षेत्रको मत परिणाम सार्वजनिक भएको छ ।

जसमा नेपाली कांग्रेस १३ ठाउँमा विजयी भएको छ भने नेकपा एमाले पाँच सिटमा जित निकालेको छ । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी चार स्थानमा विजयी भएको छ भने नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी र नेकपा एकीकृत समाजवादी एक एक स्थानमा विजयी भएका छन् ।

यस्तै, २ जना उम्मेदवार पनि विजयी भएका छन् । अहिलेसम्मको मत परिणाम अनुसार नेपाली कांग्रेसले पर्सा क्षेत्र नं ४ बाट रमेश रिजाले, काठमाडौंका क्षेत्र नं १ बाट प्रकाशमान सिंह, ३ बाट सन्तोष चालिसे, ४ बाट गगन थापा, ५ बाट प्रदीप पौडेल र १० बाट राजन केसी विजयी हुनुभएको छ ।

त्यसैगरी ललितपुर १ बाट उदयशमशेर राणा, रसुवाबाट मोहन आचार्य, तनहुँ २ बाट शंकर भण्डारी, मनाङबाट टेकबहादुर गुरुङ, मुस्ताङबाट योगेश गौचन थकाली, सुर्खेत २ बाट हृदयराम थानी र डडेल्धुराबाट शेबहादुर देउवा निर्वाचित हुनुभएको छ । यस्तै नेकपा एमालेबाट ताप्लेजुङका योगेश भट्टराई, उदयपुरका अम्मबरबहादुर रायमाझी, काठमाडौं क्षेत्र नं ९ बाट कृष्णगोपाल श्रेष्ठ, ललितपुर २ बाट प्रेमबहादुर महर्जन र गुल्मी क्षेत्र नं २ बाट गोकर्ण विष्ट निर्वाचित हुनुभएको छ ।

यता राष्ट्रिय स्तवतन्त्र पार्टीबाट काठमाडौं क्षेत्र नं २ बाट सोविता गौतम, ६ बाट शिशिरखनाल, ७ बाट गणेश पराजुली र ८ बाट विराजभक्त श्रेष्ठ निर्वाचित हुनु भएको छ । त्यसैगरी नेकपा माओवादी केन्द्रबाट सिन्धुलीबाट लेखनाथ दाहाल र रुकुम पूर्वबाट पूर्णबहादुर घर्ती मगर निर्वाचित हुनुभएको छ । नेकपा समाजवादीबाट अछाम १ मा शेबहादुर कुँवर निर्वाचित हुँदा बाँके क्षेत्र नं २ मा राप्रपाका धवलशमशेर राणा विजयी हुनुभएको छ । कैलाली क्षेत्र नं ३ मा नागरिक उन्मिुक्ति पार्टीका गंगारम चौधरी निर्वाचित हुनुभएको छ ।

यस्तै, मत गणना भइरहेका क्षेत्रहरु मध्ये कांग्रेसले ४३ सिटमा अग्रता लिइरहेको छ भने एमालेले ३९ ठाउँमा एमालेले अग्रता लिएको छ । यसैगरि १६ ठाउँमा माओवादी केन्द्रले अग्रता लिंदा एकीकृत समाजवादीले ७६ र राष्ट्रिय स्वतन्त्र पार्टीले ४ सिटमा अग्रता लिएका छन् । राप्रपाले ५ ठाउँमा अग्रता लिएको छ भने जसपाले ४ ठाउँमा अग्रता लिएको छ । ८ ठाउँमा स्वतन्त्र उम्मेदवार तथा अन्य साना दलहरुले अग्रता लिइरहेका छन् ।

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार १७:३६