सूचनाको शक्ति - The Power Of Information

        

बाँके- ३ प्रदेश ‘क’ मा एमालेका खत्री विजयी

बाँके क्षेत्र नं. ३ प्रदेश ‘क’मा एमालेका जिल्ला सचिव रत्न खत्री विजयी भएका छन्।

बैजनाथ गाउँपालिका र खजुरा गाउँपालिकाका केही वडा समेटिएको प्रदेश कबाट १३ हजार १ सय ५८ मत ल्याउदै खत्री विजयी भएका हुन्।

नेकपा माओवादी केन्द्रको समर्थन रहेका स्वतन्त्र उम्मेदवार पूर्वराज्यमन्त्री दलबहादुर सुनारले ११ हजार ४ सय ६४ मत ल्याएका छन्।

माओवादीका आधिकारिक उम्मेदवार भनिएका आइपी खरेलले एक हजार नौ सय ९५ मत ल्याए।

यो प्रदेशमा माओवादीको दुईवटा उम्मेदवार खडा भएका थिए। सुरुमा पार्टीले खरेललाई आधिकारिक मानेर उम्मेदवार बनाएको भए पनि पछि स्वतन्त्र उम्मेदवार सुनारलाई पार्टी प्रवेश गराएर उनलाई आधिकारिक भनिएको थियो।

माओवादी भित्रको यो लडाइँको फाइदा एमालेका रत्न खत्रीलाई हुन पुग्यो। त्यसै पनि बैजनाथमा एमालेको संगठन बलियो मानिन्छ।

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार ०८:५९