सूचनाको शक्ति - The Power Of Information

        

सुर्खेत-२ मा प्रतिनिधि सभातर्फ नेपाली कांग्रेसका हृदयराम थानी निर्वाचित

सुर्खेत क्षेत्र नम्बर २  प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका हृदयराम थानी निर्वाचित हुनुभएको छ ।

मुख्य निर्वाचन कार्यालयका अनुसार उहाँले नेकपा एमालेका अमृत बिसीलाई  ५ हजार ६७ मतान्तरले पछि पार्दै निर्वाचित हुनु भएको हो ।

थानीले ३४ हजार ६२५ मत ल्याउनु भएको छ । एमालेका बिसीले २९ हजार ५५८ मत ल्याउनु भएको छ ।

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार ०७:३२