सूचनाको शक्ति - The Power Of Information

        

राप्रपाका डा. राणाको अग्रता कायमै, पुर्वमन्त्री राई पछाडी परे

बाँकेको प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का डा. धवलसम्शेर राणा अग्रता कायमै राखेका छन् । जनता समाजवादी पार्टी(जसपा)का उम्मेदवार समेत रहेका पुर्वमन्त्री मोहम्मद ईश्तियाक राईलाई पछाडी पार्दै राणाले अग्रता लिइरहेका छन् ।

प्राप्त जानकारी अनुसार राणाले २१ हजार ६ सय २७ मत प्राप्त गरेका छन् । जसपाका राईले १५ हजार १ सय ६ मत प्राप्त गरेका हुन् । यसैगरी नेपाली काँग्रेसका उम्मेदजार सुदीप नरसिंह राणाले ३ हजार २० मत प्राप्त गरेका छन् ।

नेपालगन्जस्थित भेरी प्राविधिक शिक्षालयको हलमा अहिले पनि मत गणना कार्य चलिरहेको छ ।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलवार १९:५१