सूचनाको शक्ति - The Power Of Information

        

एमालेपछि कांग्रेसले पनि ल्यायाे समानुपातिकमा १ लाख मत

नेपाली कांग्रेसले पनि प्रतिनिधि सभाको समानुपातिकतर्फ १ लाख मत नघाएको छ ।

पछिल्लो विवरणअनुसार कांग्रेस १ लाख १ हजार ७ सय ८१ मतसहित दोस्रो स्थानमा रहेको छ । पहिलो स्थानमा रहेको एमालेले १ लाख १९ हजार ७ मत प्राप्त गरेको छ ।

यस्तै तेस्रो स्थानमा गएको असारमा मात्रै गठन भएको राष्ट्रिय स्वतन्त्र पार्टी रहेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले ५१ हजार २ सय ४१ मत प्राप्त गरेको छ ।

चौथो स्थानमा रहेको नेकपा माओवादी केन्द्रको ४५ हजार ६ सय ९४ र पाँचौँ स्थानमा रहेको राप्रपाको २८ हजार ७ सय ६ मत रहेको छ ।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलवार १९:४४

सिफारिस